+
+

यातायातमन्त्री नेम्वाङको निर्देशनः टुटल र पठाओलाई कारबाही नगर्नू

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ११ गते १७:१०

११ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले टुटल र पठाओमाथि पहिलेभन्दा फरक ब्यवहार नगर्न निर्देशन दिएका छन् ।

मन्त्रालयमा सोमबार सचिव, सहसचिव र यातायात व्यवस्था विभागमा महानिर्देशकलाई बोलाएर मन्त्री नेम्वाङले टुटल र पठाओलाई सेवा सञ्चालनमा अवरोध नगर्न निर्देशन दिएका हुन् । आफूले मन्त्रालय सम्हाल्नानसाथ थालिएको कारवाहीले गलत सन्देश दिन सक्ने उनले बताए ।

उनले कानूनी र नीतगित व्यवस्था तथा यस्ता सेवामाथि नियमन गर्न भइरहेका तयारीका केही रिपोर्ट भए आफूलाई दिन निर्देशन दिएका छन् । ‘सरकार पुनर्गठनलगत्तै थालिएको यस किसिमको कारवाहीले कन्फ्युजन सिर्जना भयो, यस्ता सेवा २–३ वर्षदेखि चलिरहेका छन्,’ मन्त्री नेम्वाङले निर्देशन दिँदै भनेका थिए,‘अहिले चालिएको कारबाही रोकेर यथास्थितिमै छाडिदिनुहोला ।’

यसअघि निर्वाध रुपमा चलिरहेको सेवालाई एक्कसी रोक्न खोज्दा गलत सन्देश जानसक्ने नेम्वाङको भनाइ थियो ।

यातायात व्यवस्था विभागले मंसिर ४ गते सूचना निकालेर निजी सवारीले भाडा लिएर यात्रु बोके कारवाही गर्ने चेतावनी दिएको थियो । त्यसलगत्तै ट्याक्सी चालकले एक टुटलका चालकलाई समातेर ट्राफिक प्रहरीलाई बुझाएका थिए भने ट्राफिक प्रहरीले जरिवाना तिराएर छाडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?