Comments Add Comment

नवलपरासीमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

११ मंसिर, काठमाडौं । नवलपरासीमा गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

बर्दघाट नगरपालिका-११ मौराटाँडीस्थित पूर्वपश्चिम राजमार्गमा लु२च ४४२७ नम्बरको गाडीको ठक्करबाट सोही ठाउँकी ६० वर्षीया बुद्धिमाया सुवेदीको मृत्यु भएको हो ।

गाडीको ठक्करबाट गम्भीर भएकी सुवेदीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ठक्कर दिने चालक र गाडी नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment