Comments Add Comment

प्रचण्डलाई पौडेलको जवाफ- देवघाट जान परे सँगै जाऔंला !

११ मंसिर, काठमाडौं । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले बुधबार पोखराको चुनावी सभालाई सम्वोधन गर्ने क्रममा नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ‘देवघाटतिर जानुपर्ने विचरा बूढा मान्छे’ भनेपछि यो विषयले समाजिक सञ्जाल तताएको छ ।

बुधबार पोखराको चुनावी सभामा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो प्रधानमन्त्रीलाई कहिलेकाहिँ विदा लिनुपर्छ भन्नेहरुले विचरा ७७ वर्षको बूढालाई, जो अब देवघाटतिर जानुपर्ने मान्छेलाई त्यहाँ गएर ध्यान र ज्ञान सिक्नुपर्ने मान्छेलाई (चुनावमा) अघि सार्ने अनि ६५ वर्षको जवानलाई रेस्ट गर्ने भन्न मिल्छ त ? यो काहिँ कतैबाट मिल्ने कुरा होइन ।’

यस अघि कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी ओली बिरामी भएकाले आराम गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए । तर, वृद्धले आराम गर्नुपर्छ भन्ने कांग्रेसले ओलीभन्दा वृद्धलाई चुनावमा उतारेको प्रचण्डको टिप्पणी थियो ।

यसक्रममा प्रचण्डले प्रधानमन्त्री ओलीलाई इंगित गर्दै भने, ‘६५ वर्षको जवानलाई रेस्ट गर्ने भन्न मिल्छ त ?’

पौडेलको जवाफ- सँगै देवघाट जाऔंला

नेकपा अध्यक्षले देवघाट जाने उमेको बूढामान्छे भनेपछि त्यसको जवाफमा कांग्रेस उम्मदेवार पौडेलले टि्वट गरेका छन् । प्रचण्डलाई पौडेलको जवाफ छ, ‘आदरणीय नेकपाका अध्यक्ष प्रचण्डज्यू, देवघाट होइन, मंसिर १४ गतेपछि तपाईको र मेरो भेट संसद भवनमा हुन्छ । त्यसपछि देवघाट जान परे सँगै जाउँला । जय नेपाल ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment