Comments Add Comment

शुभेच्छुकलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले भने– मेरो स्वास्थ्यमा तीव्र सुधार भइरहेको छ

१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अस्पताल भर्ना भएको तेस्रो दिन थप सुधार देखिएको छ ।

प्रधानमन्त्री ओलीले बिहीबार बिहान ट्वीटर ह्याण्डलमार्फत आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको बताएका छन् । उनले स्वास्थ्यस्थितिबारे चासो राख्ने तथा शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यावादसमेत दिएका छन् ।

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आईसीयूमा उपचाररत् प्रधानमन्त्री ओलीले पत्नी राधिकासहित सीमित व्यक्तिसँगमात्र भेटेका छन् ।

उनले बिहीबार बिहानदेखि सामाजिक सञ्जालमा व्यक्त प्रतिक्रियाहरू समेत हेरिरहेको सचिवालयका एक सदस्य रामशरण बजगाईले बताएका छन् ।

पेटमा अचानक समस्या आएपछि प्रधानमन्त्रीलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो । सोही दिन एपेन्डिसाइटिसको शल्यक्रियापछि एक रात भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment