Comments Add Comment

गोकर्णेश्वर-५ का वडा सचिव २५ हजार घुससहित पक्राउ

१२ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा सचिवलाई घुससहित पक्राउ गरेको छ ।

घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ताका लागि सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थमा वडा सचिव दिनेश बास्कोटालाई नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले बास्कोटालाई २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको कोइरालाले जानकारी दिए ।

गोकर्णेश्वर नगरपालिका वडा नं.-६ स्थित लक्षमीनारायण मन्दिर परिसरबाट बुधबार उनलाई रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment