+
+
Shares

अर्काको जमिन एक इन्च पनि चाहिँदैन : मन्त्री बाँस्कोटा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १२ गते १५:५०

१२ मंसिर, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालले प्रमाण पुगेको जमिनको मात्रै दाबी गरेको बताएका छन् ।

मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका उनले भने, ‘हामीले विभिन्न प्रमाण पुगेको जमिनको मात्रै दाबी गरिरहेका छौ, प्रमाण नपुगेको जमिन एक इन्च पनि चाहिँदैन ।’

सञ्चारमन्त्री बाँस्कोटाले नेपालले यससम्बन्धी प्रमाण वार्ताको टेबुलमाराख्ने बताए ।

‘तथ्य र प्रमाणको आधारमा स्थापित भएको कुरा भारतले पनि स्वीकार गर्नुपर्दछ । हाम्रो सार्वभौमसत्तालाई न्यायोचित सम्मान गर्नुपर्दछ । तथ्यको आधारमा सत्य ठहरिएको विषयमा भारतसँग स्पष्ट रुपमा कुरा राख्छ । कालापानी मात्रै होइन सुस्ताको हकमा पनि यही कुरा हो’ उनले भने ।

ऐतिहासिक दस्तावेज, भारतीय राजपत्र, नक्सा लगायतका विभिन्न प्रमाणहरूले लिम्पियाधुरासम्म नेपालकै भएको देखाएको उनको भनाइ छ । सुगौली सन्धिको धारा पाँचमा उल्लेख भएको काली नदीको मुहान विज्ञानको सिद्धान्त अनुसार तय हुनुपर्नेमा उनको जोड थियो ।

पत्रकार सम्मेलनमा उनले भने, ‘हाम्रो पुर्खाको नासोको रुपमा रहेको जमिनको अधिकार स्थापित गर्ने कुरा हो । भारतले हाम्रो सार्वभौमसत्ता स्वीकार गर्नुपर्दछ ।’

चर्का कुरा गरेर सीमा समस्या समाधान नहुने उनको भनाइ छ । विवाद समाधानका लागि सरकारले कुटनीतिक पहल शुरु गरिसकेको बाँस्कोटाले जानकारी दिए ।

‘सरकारले चालेको कदमलाई सबै दलले ऐक्यबद्धता पनि जनाइसकेका छन् । यो हाम्रो शक्ति पनि’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?