+
+
Shares

कर्णाली प्रदेश सरकार र विमान सेवा कम्पनीबीच छलफल

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १२ गते १९:४८

१२ मंसिर, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० मा एक लाख पर्यटक भित्र्याउने घोषणा गरेको कर्णाली सरकारले काठमाडौंमा यसबारे छलफल सुरु गरेको छ ।

बिहीबार यस विषयमा कर्णाली प्रदेशका पर्यटनमन्त्री नन्दसिंह बुढासहितको टोलीले कर्णाली प्रदेशमा सञ्चालनमा रहेका विमान सेवा कम्पनी सञ्चालकसँग छलफल गरेको छ ।

कर्णालीका सबै जिल्लामा सडक नपुगेकाले यातायातको एकमात्र विकल्प हवाई यात्रा रहेको छ । त्यसैले यसलाई प्रभावकारी बनाउनेबारेमा छलफल गरेको मन्त्री बुढाले बताए । ‘कर्णालीको समृद्धीको आधार भनेको पर्यटन हो पर्यटनको प्रभावकारिता पहुँच र प्रचार प्रसार हो, यही कुरालाई ध्यान गरेर हामीले छलफल अघि बढाएका हौं’ उनले भने ।

छलफलमा सहभागी विमान सेवा कम्पनीसँगको छलफल सकारात्मक भएको मन्त्री बुढाले बताए ।

छलफलमा भिजिट नेपाल २०२० कर्णाली प्रदेश सयोजक राजु कार्की, पर्यटन सचिवव केदारबहादुर अधिकारी, पर्यटन ब्यवसायी तथा एयरलाइन्स कम्पनीका पदाधिकारी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?