Comments Add Comment

२ लाख राशीको रोटरी सेवा पदक साधना महिला विद्यालयलाई

१३ मंसिर, बुटवल । सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्ति र संस्थालाई रोटरी क्लब अफ बुटवलले दिँदै आएको दुई लाख रुपैयाँ राशीसहितको रोटरी सेवा पदक यसपटक बुटवलको साधना महिला विद्यालयले पाउने भएको छ ।

स्कुल जाने उमेरमा पढ्न नपाएका महिलाहरुलाई शिक्षा दिलाई नारी उत्थान र लैंगिक समानता प्रवर्द्धन गरेको मूल्याङ्कन स्वरुप विद्यालयलाई पदक दिन लागिएको हो । प्रौढ महिलालाई लक्षित गरी २०६३ सालमा स्थापित यो विद्यालयले हालसम्म ६७ जना महिलालाई एसईई उत्तीर्ण गराएको छ । महिलाहरुलाई शिक्षित बनाउँदै उच्च शिक्षा अध्ययनको ढोका खोलेर समाजमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै कदर स्वरुप विद्यालयलाई रोटरी सेवा पदक दिने निर्णय भएको क्लबका अध्यक्ष दिल्लीकुमार श्रेष्ठले बताए ।

मंसिर १५ गते क्लबको २७ औं चार्टर नाइट समारोहमा सार्वजनिक समारोह गरी विद्यालयलाई पदक दिइने श्रेष्ठले जानकारी दिए । यसअघि बागलुङ्गकी सुवर्णकुमारी श्रेष्ठले शिक्षा क्षेत्रमा र महाबीर पुनले जनउपयोगी खोजमा योगदान पु र्‍या एको मूल्याङ्कन गरी यो पदक दिइएको थियो ।

रोटरी सेवा पदकको नगद पुरस्कारका लागि क्लबले १७ लाख ५० हजार रुपैयाँको अक्षय कोष बनाएको छ । उक्त रकमको ब्याजबाट पदक दिने गरिएको छ । क्लबले यसअघि लुम्बिनी प्रादेशिक अस्पतालमा ५० लाख रुपैयाँ लागतको अक्सिजन प्लान्ट जडान गरिदिएको छ । जसबाट अस्पताललाई वार्षिक ४० लाख रुपैयां वचत हुँदै आएको छ । क्लबले शंकरनगरस्थित वनबाटिकामा ५० लाख लागतमै बाल रेल सञ्चालन गरेको छ । भने गौतमबुद्ध मुटु अस्पताललाई  क्याथ ल्याब दिएको छ । क्लबले छिटै लुम्बिनी अस्पतालको  फोहोर व्यवस्थापन परियोजना र ब्लड कलेक्सन भ्यान  परियोजना पनि अघि बढाएको अध्यक्ष श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment