Comments Add Comment

ए डिभिजन लिगको उद्घाटन खेलमा मछिन्द्र र ब्रिगेड ब्वाइज भिड्ने

१३ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा मछिन्द्र र ब्रिगेड ब्वाइज क्लबले भिड्ने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)लेसाविक विजेता मनाङ मर्याङ्दीसहित तीन क्लबको बहिस्कारका बीच शुक्रबार लिगको खेल तालिका सार्वजनिक गरेको हो ।

तीन क्लबको बहिस्कार खेल तालिका सार्वजनिक गर्नु अगाडि मनाङ, च्यासलसहित तीन क्लबले खेल स्थान, पुरस्कार राशी र लिग नियमावली माग गरेका थिए ।

तर एन्फाले यसबारे आइतबार बताउने जवाफ दियो । त्यसमा चित्त नबुझाएका तीन क्लबले खेल तालिका सार्वजनिक कार्यक्रम नै बहिस्कार गरेका छन् ।

एन्फाले भने बाँकी ११ खेलका प्रतिनिधिको उपस्थितिमा खेल तालिका सार्वजनिक गरेको छ ।

लिग मंसिर २८ बाट हुनेछ । एन्फाकाअनुसार पहिलो चरणका ७ खेल मध्ये महत्वपूर्ण एक खेल दशरथ रंगशालामा खेलाइनेछ । अरु खेल कहाँ हुने भन्ने तय हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment