+
+
Shares

उपचुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नियोकको अपिल

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १३ गते १६:१०

१३ मंसिर, काठमाडौं । राष्ट्रिय निर्वाचन परीवेक्षण समिति (नियोक) उपचुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्न अपिल गरेको छ ।

नियोकले शुक्रबार विज्ञप्ति जारी गर्दै शनिबार हुने उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित अवस्थामा सम्पन्न गर्न सरोकारवालालाई अपिल गरेको हो ।

शनिबार प्रतिनिधि सभाको कास्की क्षेत्र नं. २, प्रदेशसभातर्फ बागलुङ २ (ख), भक्तपुर १(क) र दाङमा ३ (ख)मा उपचुनावको मतदान हुँदै छ ।

यस्तै, धरान उपमहानगरपालिका, मकालु, पिपरा र फाल्गुनन्द गाउँपालिकामा प्रमुख र खार्पुनाथ गाउँपालिकामा उपप्रमुख र ४३ वडाध्यक्षका लागि उपचुनाव हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?