
१३ मंसिर, काठमाडौं । टिपरको ठक्करबाट रौतहटमा शुक्रबार बिहान एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाहीको बागमती नगरपालिका-४ बस्ने १८ वर्षीय बिपिन रसाईली रहेका छन् ।
ना.२ ख २३२२ नम्बरको टिपरले बा.५५ प ९९८७ नम्बरको मोटरसाइकललाई रौतहटको चन्द्रपुर नगरपालिका-१ स्थित पूर्वपश्चिम राजमार्गमा ठक्करदिँदा उनको घट्नस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिपर चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4