Comments Add Comment

सेनाको मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता गर्ने सेनापतिको प्रतिवद्धता

१३ मंसिर, काठमाडौं । नेपाली सेनाले आफ्नो मेडिकल कलेजले विद्यार्थीहरुसँग बढी शुल्क लिएको स्वीकार गरेको छ । शुक्रबार शिक्षामन्त्री गिरिराजमणि पोखरलेले प्रधानसेनापति पूर्णचन्द्र थापालाई बोलाएर नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानले बढी शुल्क लिएको गुनासोबारे चासो राखेका थिए ।

जवाफमा सेनापति थापाले केही बढी शुल्क लिएको स्वीकार गरेको मन्त्रालय स्रोतले जनाएको छ । उनले शुल्क समायोजन गरेर सरकारको निर्णय कार्यान्वयनमा सघाउने प्रतिवद्धता समेत जनाएको छ ।

सरकारले गत आर्थिक वर्षसम्म मेडिकल कलेजले एमबीबीएस अध्ययनमा काठमाडौं उपत्यकाभित्र ३८ लाख ५० हजार र काठमाडौं उपत्यका बाहिर ४२ लाख ५० हजार रुपैयाँ शिक्षण शुल्क लिन पाउने निर्णय गरेको थियो । तर त्यसविपरीत धेरै मेडिकल कलेजले बढी शुल्क लिएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए ।

विद्यार्थीको आन्दोलनपछि शिक्षा मन्त्रालय र मेडिकल कलेजबीच अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति भएको छ । यद्यपी उक्त सहमतिमा पनि विद्यार्थीले आपत्ति जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment