+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

सेयर बजारको निरन्तर ओरालो यात्राले हताश बन्दै लगानीकर्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १४ गते १२:२६

१२ मंसिर, काठमाडौं । पछिल्लो समय लगातार सेयर बजार ओरालो लागेपछि लगानीकर्ताहरु हताश बन्दै गएका छन् । आक्कलझुक्कल हरियाली देखिए पनि लामो समयदेखि सेयरबजारमा गिराबट आएको आयै छ ।

यो साताको कुरा गर्ने हो भने पनि गत आइतबारदेखि बिहीबारसम्म भएको कारोबारमा अधिकांश दिन बजार राताम्मे भयो । साताको पहिलो दिन आइतबार नै ओरालो लागेको बजार अन्तिम कारोबार दिन बिहीबार ४.६७ अंकले घट्दा परिसूचक १ हजार १ सय १२ दशमलव ७९ बिन्दुमा खसेको छ । बिहीबार नोभेम्बर महिनाकै अन्तिम कारोबार दिन समेत हो ।

अघिल्लो साता पनि बजारमा सिथिलता नै छाएको थियो । साताको अन्तिम कारोबार दिन ११३५.९५ बिन्दुमा बजार बन्द भएको थियो ।

नोभेम्बर महिनाभरको सेयर कारोबारको तथ्यांक हेर्ने हो भने नेप्से परिसूचक ३३ दशमलव ३८ अंकले घटेको देखिन्छ । नोभेम्वर ३ तारिखका दिन पहिलो कारोबार सुरु हुँदा ११४६.१७ विन्दुमा रहेको नेप्से परिसुचक महिनाको अन्तिम कारोबार दिन २८ तारिखमा १११२.७९ बिन्दूमा खुम्चिएको छ ।

यसरी बजार लगातार ओरालो लाग्दा सेयर लगानीकर्ताहरुले भने सरकारलाई दोष दिएका छन् । बजार उकास्न सरकारले कुनै रणनीति नबनाइ टुलुटुलु हेरेर बसेको उनीहरुको आरोप छ ।

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरलले सेयर बजार धराशयी हुँदा लगानिकर्तामा मनोवैज्ञानिक असर परिसकेको बताउँछिन् । तत्काल बजारमा सुधार ल्याउने र लगानिकर्ताको मनोबल उकास्ने काम सम्बन्धित निकायबाट हुनुपर्नेमा उनले जोड दिइन् ।

‘सम्पत्ती सुद्दिकरणको बिषयलाईर् सम्बन्धित निकायले बुझाउन नसक्नु तथा लगानिकर्ताको पनि गलत बुझाईको कारण पहिले खुलेर कारोबार गर्नेहरु अहिले हच्किएका छन्,’ पोखरेलले भनिन् ।

केही समय पहिले आफूहरुले सरकारलाईर् बुझाएको बजारसुधारका लागी ५८ बुँदेे माग कार्यान्वयन नभएको उनको गूनासो छ ।

पोखरेल भन्छिन्, ‘छिमेकी मुलुक भारत सरकार पुँजी बजारप्रती संवेदनशिल हुँदा सेन्सेक्सले ४०,००० को रेकर्ड बनाइसक्यो । हाम्रो मुलुकमा भने परिस्थिती सहज हुँदाहुँदै पनि सरकारी बेवास्थाको कारण लगानीकर्ताको मनोबल दिन प्रतिदिन कमजोर भइरहेको छ ।’

सेयर लगानीकर्ता दवाव समूहका महासचिव नयन बास्तोला पनि बजार लगातार ओरालो लाग्दा लगानीकर्तामा निराशा छाएको बताउँछन् । उनले भने, ‘मुख्य चाडपर्वपछि खुलेको बजार ओरोलो लाग्नु त्यति स्वभाविक मान्न सकिन्न । कम्पनीहरुले दिने लाभांश पहिलाको भन्दा राम्रो छ र कम्पनीहरुको पहिलो त्रैमासिक रिपोर्ट पनि राम्रै आएको छ । बजार घट्नुपर्ने कुनै कारण छैन ।’

पुँजी बजारप्रति सरकारले हेर्ने दृस्टिकोण नै सकारात्मक भएको बास्तोलाको आरोप छ । पुँजी बजारको विकास र विस्तार गर्नका लागि प्रविधि र पुर्वाधारयुक्त बनाउन घोषणा गरिएका कामहरु समेत नभएको उनी बताउँछन् ।

बास्तोला भन्छन्, ‘लगानीकर्ताहरुमा पछिल्लो समय बजारप्रति वितृष्णा बढेको छ । सरकारी नीतिहरु लगानीकर्तामैत्री छैनन । यहि तरिकारले बजार ओरालो लाग्दै जाने हो भने दुर्घटनाको खतरा छ ।’

सेयर बजारमा सक्रियतापूर्वक लगानी गरिरहेका युवा लगानीकर्ताहरुको धारणा पनि उस्तै छ । सक्रिय लगानीकर्ताहरु बजार निरन्तर घटिरहनुमा सरकारको कमजोरी कारक रहेको बताउछन् । बजार घटबढ हुनु स्वभाविक नियम भए पनि लगातार घट्नुलाई स्वभाविक मान्न नसकिने उनीहरुको धारणा छ ।

लगानीकर्ता केशव अधिकारीले बजार सुधार हुनु पर्ने धेरै कारणहरु रहेको भए पनि अर्थ मन्त्रालय सकारात्मक नबनिदिदा त्यसको असर नकारात्मक परेको बताए । यसको समाधानका लागि अर्थमन्त्री नै बजारबारे सकारात्मक हुनुपर्ने उनको धारणा छ ।

अर्का लगानीकर्ता कमल पन्थी पनि बैंकहरुले धमाधम लाभांश घोषणा गरिरहेको बेला बजार घट्नु दुखद भएको बताउँछन् ।

‘यतिबेला बजार घट्ने समय होइन, बढ्नुपर्ने हो’ पन्थीले भने, ‘तर लगातार ओरालो लागिरहेको छ, अहिले नेप्से टर्नओभर रेसियो तल झरेको छ, यो खतरानाक अवस्था हो ।’ बजारको अवस्थाले लगानीकर्ताकोहरुको भावना एकदमै कमजोर भएको उनको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?