Comments Add Comment

पोखरामा अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटियो

१४ मंसिर, काठमाडौं । कास्की क्षेत्र नं. २ को उपचुनावका क्रममा पोखरा महानगरपालिका-३३ बरपाण्डे थुम मतदानस्थलमा मतदान अधिकृतले हस्ताक्षर नगरिएको एउटा मतपत्र भेटिएको छ ।

२४१ औं मतदाताले मत हाल्न खोजदा हस्ताक्षर नभएको मत भेटिएको भन्दै बिरोध र होहल्ला भएको थियो ।

अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद भइ केही समय मतदानसमेत रोकिएको थियो । तर, सर्वदलीय बैठकले विवाद समाधान गरेपछि पुनः मतदान भइरहेको छ ।

मतदान प्रतिनिधि र दलीय प्रतिनिधिबीच प्रमाण दाँजेर हेर्दा उक्त मतपत्र सदर गर्ने सहमतिपछि मतदान प्रकियाले निरन्तरता पाएको हो ।

सर्वदलीय बैठक बसेर सहमति गरेपछि मतदान प्रकृया अघि बढाइएको निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment