Comments Add Comment

गढीमाई- २ मा ७० प्रतिशत मत खस्यो

१४ मंसिर, रौतहट । रौतहटको गढिमाई नगरपालिका-२ को वडाध्यक्षको उपचुनावमा ७० प्रतिशत मत खसेको छ । विहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताको उत्साहजनक सहभागिता भएको छ ।

वडाका एक हजार ८२२ मतदाता मध्ये एक हजार १०० जनाले मतदान गरिसेको प्रमुख निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए ।

वडाको उपचुनावका लागि ३ वटा मतदान केन्द्र तोकिएको छ । सबै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको पौडेलले बताए ।

यो वडाको अध्यक्षका लागि ११ जनाको उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment