Comments Add Comment

पार्किङ गरी राखेको गाडी अचानक गुड्दा एक जनाको मृत्यु

१४ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका-९ तिलगंगा सत्यसाई प्यालेस अगाडि पार्किङमा राखेको गाडीको शिशा पुच्छ्ने क्रममा अचानक गुडेर दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यु भएको छ ।

बा.१ प १०१५ नम्बरको गाडीको शिशा पुछ्ने क्रममा अचानक गुड्दा पार्किङ गरी राखेको बा.१ प ७२३ नम्बरको गाडीमा ठक्किन पुग्दा गाडीले च्यापेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बा.१ प १०१५ नम्बरको गाडीका सह-चालक भक्तपुर चाँगुनारायण नगरपालिका-४ घर भएका २५ वर्षीय अभिषेक तामाङ रहेका छन् । गाडीले च्यापिएर गम्भीर घाइते भएका तामाङको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बर्दियाको राजापुर नगरपालिका-१० मंगलपुरस्थित सडकमा बा.७४ प २७१३ नम्बरको मोटरसाइकल विजुलीको पोलमा ठोक्किएर शनिबार एक जनाको मृत्यु भएको छ ।

दुर्घटना परी गम्भीर घाइते भएका मोटरसाइकल चालक संगम चौधरीको नर्सिङहोम अस्पताल बाँकेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment