Comments Add Comment

सकियो मतदान

१४ मंसिर, काठमाडौं । कास्की २ सहित सबै स्थानमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेश सभा सदस्यका लागि भक्तपुर १ (क), दाङ ३ (ख) र बाग्लुङ २ (ख)मा मतदान भएको छ । यस्तै धरान उपमहानगरपालिकासहित केही स्थानीय तहका प्रमुख र वडाध्यक्षका लागि पनि मतदान भएको छ ।

कास्की २ मा मतदान स्थललाई लक्षित गरेर बम विस्फोट समेत भएको छ । तर मानवीय क्षति भने भएको छैन ।

मतदान सकिएसँगै मतपेटिकाहरु संकलन गर्ने काम सुरु भएको छ ।

निर्वाचन आयोगका अधिकारीहरुका अनुसार ७० प्रतिशत मत खसेको अनुमान छ । यद्यपि यकिन विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment