Comments Add Comment

थवाङको उपचुनाव : २०९ मत मात्र खस्यो

१४ मंसिर, काठमाडौं । रोल्पाको ऐतिहासिक थवाङ गाउँको चुनाव हरेक पटक रोचक हुन्छ । त्यसैले सबैको चासोमा पनि रहन्छ ।

यो पटक उपचुनावमा पनि थवाङ छुटेन । थवाङ गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्ष चयनका लागि शनिबार मतदान भएको छ । तर मत एकदमै न्यून खसेको छ ।

यो वडामा कुल मतदाता १२८४ छन् । तर २०९ मत अर्थात १६.२८ प्रतिशत मात्र खसेको छ । ११० पुरुष र ९५ जना महिलाले मात्रै मतदान गर्न आएको मुख्य निर्वाचन अधिकृत ऋषिराम सुबेदीले जानकारी दिए ।

वडाध्यक्षका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जनकबहादुर बुढामगर र नेपाली कांग्रेसका कमलबहादुर रोकामगरबीच प्रतिस्पर्धा हुने अनुमान छ ।

थबाङ १ का तत्कालीन वडाध्यक्ष फर्कबहादुर बुढामगरको ६ असारमा निधन भएको थियो । यो त्यही वडा हो, जहाँ वडाध्यक्षसहित सबै पदाधिकारी नेत्रविक्रम चन्द समूहको नेतृत्व विजयी भएका थिए ।

फर्कबहादुरको निधनपछि वडा सदस्य भद्र झाँक्रीले कार्यवाहक अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए । मनोनयनको बेला उनले पनि अध्यक्ष पदमा उम्मेदवारी दिए पनि फिर्ता लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment