Comments Add Comment

बाँदरबाट बाली जोगाउन कुकुरलाई बाघ

 

हामीकहाँ पनि बाँदरले बालीनालीको नोक्सानी गरिदिएर हैरान बनाउँदछ । किसानहरुले बाँदरबाट बाली जोगाउन अनेक उपाय अपनाउने गरेका छन् । अहिले त स्थानीय सरकारहरुले समेत बाँदर नियन्त्रणका लागि बजेट नै छुट्टाउने गरेका छन् ।

बाँदरको बदबासीबाट आजित भारतको कर्नाटकका एकजना किसानले चाहीँ बाँदर धपाउने अनौठो उपाय अपनाएका छन् ।

ती किसानले बाँदरबाट आफ्नो बाली जोगाउनका लागि आफ्नो घरको कुकुरलाई बाघ बनाइदिएका छन् ।

कुकुरलाई बाघ कसरी बनाउन सकिन्छ ? ती किसानले गज्जबको आइडिया लगाए । उनले आफ्नो कुकुरलाई ठ्याक्कै बाघको जस्तै गरी रंग लगाइदिएका छन् । जसका कारण त्यो कुकुर ठ्याक्कै पाटेबाघ जस्तो देखिन्छ ।

खुसीको कुरा त के भने यो ‘बाघ’ आइडियाले निकै काम गरेको छ । बाघ बनाइएको यो कुकुरबाट बाँदर तर्सिन थालेको छ । कुकुरलाई साँच्चीकै बाघ ठानेपछि बाँदरहरु खेतको आसपास आउन समेत डराएका छन् ।

आशा गरौँ यो कुकुरले आफ्नो बाघ अवतार कायमै राख्नेछ । यसले बाँदरका अगाडि भुलेर पनि भुक्ने छैन । यदि भुक्न थाल्यो भने त बाँदरले पत्तो पाइहाल्ने छन् ।

ती किसानले कुकुरलाई बाघ बनाउनका लागि सामान्य रङको प्रयोग नगरी हेयर डाईको प्रयोग गरेको बताएका छन् । एजेन्सीको सहायेगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment