Comments Add Comment

रुरुक्षेत्र-६ को वडाध्यक्ष उपनिर्वाचन : ७५ प्रतिशत मत खस्यो 

१४ मंसिर, गुल्मी । गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडानम्बर ६ को वडाध्यक्ष पदको लागि शनिबार भएको मतदानमा ७५.३९ प्रतिशत मत खसेको छ । कुल मतदाता २०४८ मध्ये १५४४ मत खसेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । जसमध्ये महिला ८७६ र पुरुष ६६८ रहेका छन् । पुरुष भन्दा २ सय ८ जना बढी महिलाहरुले मतदान गरेका छन् ।

रुरु क्षेत्र गाउँपालिका ६ रिमुवामा ०७४ साल असारमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेवाट निर्वाचित वडा अध्यक्ष पुर्ण बहादुर रेगामीको निधन भएपछि उपनिर्वाचन भएको हो । वडा अध्यक्ष पदका लागि ३ जना उम्मेदवारले चुनावी मैदानमा छन् । निर्वाचनमा नेकपा र नेपाली कांग्रेस र १ जना स्वतन्त्र उम्मेदवार रहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गिरिप्रसाद सिंजाली र नेपाली कांग्रेसबाट बेदप्रसाद दर्लामी चुनावी मैदानमा छन् ।

त्यस्तै सोही वडाको वडा अध्यक्ष पदका लागि मनबहादुर दर्लामीले स्वतन्त्र उम्मेदर रहेका छन् । अध्यक्ष पदका लागि बिहानै देखि मतदाताले मतदान गरिरहेका छन् । निर्वाचनको लागि १ मतदान केन्द्र र २ स्थल तोकिएको मुख्य निर्वाचनको कार्यालय गुल्मीले जनाएको छ ।

मतदान पश्चात मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालय रुरुक्षेत्र गाउँपालिकाको बलेटक्सारमा संकल गर्ने कार्य चलिरहेको र केही बेरबाटै मतगणना हुने जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । निर्वाचनको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment