Comments Add Comment

दाङ-३ ‘ख’ मा उपचुनाव : ६६.५३ प्रतिशत मत खस्यो

वडा १६ को वडाध्यक्षमा  ७२.४४ प्रतिशत मत  

१४ मंसिर, घोराही । दाङको क्षेत्र नम्बर ३ ‘ख’ मा प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनमा ४५ हजार ७१८ मत अर्थात् ६६.५३ प्रतिशत मत खसेको छ । दाङ ३ (ख) मा ६८ हजार ७१९ मतदातामध्ये २५ हजार ५९० महिला र २० हजार १२८ पुरूषले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर १६ को अध्यक्ष पदका लागि भएको ७२.४४ प्रतिशत मत खसेको छ । घोराही १६ मा जम्मा मतदाता ४ हजार ४५३ मध्ये १ हजार ८०५ जना महिला र १ हजार ४५६ जना पुरुषले मतदान गरेका छन् ।

वडा अध्यक्ष पदको मतगणना आजै बेलुकीबाट र प्रदेससभा सदस्यको मतगणना भने आइतबार बिहानबाट मात्रै हुने प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । प्रदेशसभा सदस्यको मतगणना जिल्ला समन्वय समितिको सभाहलमा र वडाध्यक्षको मतगणना दाङ देउखुरी जिल्ला अदालतको मेलमिलाप कक्षमा हुनेछ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा सदस्यका लागि दाङ ३ (ख) मा १४ उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये नेकपाकी विमला कुमारी खत्री (वली) र नेपाली कांग्रेसका केशव आचार्यलाई मुख्य प्रतिस्पर्धी ठानिएको छ । विमला प्रदेशसभाका दिवंगत सांसद उत्तर कुमार खत्रीकी जीवन संगिनी हुन् । अघिल्लो निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचित उत्तरकुमारको सडक दुर्घटनामा निधन भएपछि रिक्त स्थानमा नेकपाले उनकै पत्नी विमलालाई उम्मेदवार बनाएको हो । अर्का उमेदवार आचार्य नेपाली कांग्रेसका महासमिति सदस्य हुन् । उनी दाङका पुराना कांग्रेस नेता हुन् ।

यसैगरी घोराही १६ को अध्यक्ष पदमा ५ राजनीतिक दल र २ स्वतन्त्र गरी ७ जना प्रतिस्पर्धामा छन् । घोराही १६ मा नेकपाका सुरेशबहादुर केसी र  नेपाली कांग्रेसका ताराबहादुर डाँगीलाई मुख्य प्रतिस्पर्धी ठानिएको छ । नेकपाकै बागी उम्मेदवारी दिएका जगलाल चौधरी पनि बलिया प्रतिस्पर्धी हुन् ।

तत्कालीन एमालेबाट घोराही १६ को वडाध्यक्ष पदमा निर्वाचित लक्षिन प्रसाद बुढाको निधन भएपछि उपनिर्वाचन भएको हो । वडाध्यक्ष पदमा तत्कालीन माओवादीका सुरेशबहादुर केसीलाई नेकपाले उम्मेदवार बनाएपछि असन्तुष्ट चौधरीले बागी उम्मेदवारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment