Comments Add Comment

मोदीले ओलीलाई पठाए स्वास्थलाभको सन्देश

१४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वास्थलाभको सन्देश पठाएका छन् ।

प्रधानमन्त्री ओलीको मंगलबार मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । उनी अहिले सेन्टरको सघन उपचार कक्षमा छन् ।

भारतीय प्रधानमन्त्री मोदीले थप उपचारका लागि आवश्यक सहयोग गर्ने प्रस्ताव समेत राखेका छन् । उनले नेपाल भारत सम्बन्धलाई थप उचाईमा पुर्‍याउन ओलीसँग थप सहकार्यका लागि आफू तयार रहेको समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment