
प्रतिकात्मक तस्वीर
१४ मंसिर, जनकपुरधाम । सिरहाको एक प्रहरी कार्यालयबाट सात जना थुनुवा फरार भएका छन् । शनिबार राति ७ः३० बजेतिर उनीहरु प्रहरी कार्यालयको थुनुवा कक्षबाट फरार भएका हुन् ।
इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा थुनिएका आठ जनामध्ये सात जना फरार भएका हुन् । लक्ष्मीपुर गाउँपालिका ५ स्थित उक्त इलाका प्रहरी कार्यालयबाट उनीहरु प्रहरीको आँखा छलेर फरार भएका छन् । जल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी अपिलराज बोहराले आधिकारिक जानकारी नआएको बताएका छन् ।
एक जना बहुविवाहका र ६ जना लागूऔषध मुद्दामा समातिएकाहरु थुनुवा कक्षबाटै फरार भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4