+
+

गुल्मीको रुरुक्षेत्रमा नेकपाका सिंजाली निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १५ गते ८:२४

१५ मंसिर, गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको वडा नम्बर ६ रिमुवाको वडा अध्यक्षमा नेकपाका गिरिप्रसाद सिंजाली निर्वाचित भएका छन् । सिंजालीले ८०२ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । उनले नेपाली कांग्रेसका उम्मेदवार बेदप्रसाद दर्लामीलाई ७५ मत अन्तरले पराजित गरे । कांग्रेसका दर्लामीले ७२७ मत ल्याए ।

स्वतन्त्र उम्मेदवार मनबहादुर दर्लामीले १ मत पाए ।

यहाँका कुल मतदाता २ हजार ४८ मध्ये १५ सय ४४ मत खसेको थियो भने १४ मत बदर भएको थियो ।

रुरु क्षेत्र गाउँपालिका ६ रिमुवामा ०७४ साल असारमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेवाट निर्वाचित वडा अध्यक्ष पुर्ण बहादुर रेगामीको निधन भएपछि उपनिर्वाचन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?