+
+

खैरहनी नगरपालिकाका दुवै वडामा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १५ गते ७:५४

१५ मंसिर, चितवन । चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ र ५ को अध्यक्षमा कांग्रेस विजयी भएको छ । वडा नम्बर ४ को अध्यक्षमा देवबहादुर बस्नेत र ५ मा प्रतिमा बस्नेत विजयी भएका हुन् ।

वडा नम्बर ४ मा निर्वाचित कांग्रेसका देवबहादुर बस्नेतले १ हजार १३८ र नेकपाका बेदबहादुर अधिकारीले ९८६ मत पाए । यहाँ २ हजार १ सय ७२ मत खसेको थियो ।

यसैगरी वडा नम्बर ५ को अध्यक्ष प्रतिमा ८६ मत अन्तरले विजयी भएकी हुन् । कांग्रेस उम्मेदवार प्रतिमाले ८४२ र नेकपाको पुननारायण प्रधानले ७५६ मत पाएका छन् । खैरहनी नगरपालिका वडा नम्बर ५ को उपनिर्वाचनमा १ हजार ६ सय ७० मत खसेको थियो ।

खैरहनी नगरपालिका वडा नम्बर ४ र ५ का दुवै निर्वाचनमा यसअघि कांग्रेस विजयी भएको थियो । अघिल्लो चुनावमा वडा नम्बर ४ मा कांग्रेसका नरेन्द्रनाथ अधिकारी ७ सय ५६ मतसहित र वडा नम्बर ५ मा कांग्रेसकै विश्वविजय बस्नेत ६२७ मतसहित विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?