Comments Add Comment

अष्ट्रेलियाविरुद्ध टेस्टमा पाकिस्तानी बलरको शतक

१५ मंसिर, काठमाडौं ।  वल्र्ड टेस्ट च्याम्पियनसीप अन्तर्गत अष्ट्रेलिया र पाकिस्तानबीचको टेस्ट श्रृंखला निकै एकतर्फी बनिरहेको छ । पहिलो टेस्टमा इनिङ विजय हासिल गरेको अष्ट्रेलियाले दोस्रो जारी टेस्टमा पनि पाकिस्तानलाई टाउको उठाउन दिएको छैन ।

दोस्रो टेस्टमा अष्ट्रेलियाका ओपनर डेभिड वार्नर पाकिस्तानी बलरहरुमाथि हाबी हुँदै अविजित तेहरो सतक प्रहार गरे । उनको उत्कृष्ट ब्याटिङसँगै अष्ट्रेलियाले मात्र ३ विकेट गुमाएर ५८९ रन जोड्न सफल भएको छ । अष्ट्रेलियाका युवा ब्याट्सम्यान मार्नुस लबुस्चाङ्गेले एक सय ६२ रनको शतकीय पारी खेले ।

जवाफी ब्याटिङ आएको पाकिस्तानले सुरुमै घुँडा टेक्यो । मिचेल स्टार्कको धुवाँधार बलिङमा पाकिस्तानी ब्याट्सम्यानहरु निरिह देखिए र पाकिस्तान ६ विकेट मा ८९ रनको दयनिय स्थितिमा पुग्यो ।

डेढ सय रन पनि बनाउन नसक्ने देखिएको पाकिस्तानलाई बबर आजम र यासिर साहको पार्टनरसीपले राहत दिएको छ । पाकिस्तानका सर्वोत्कृष्ट ब्याट्सम्यानमा मानिने आजम सतकबाट तीन रनले चुके । तर, आठौं नम्बरमा आएका स्पिनर यासिर साहले अपत्यारिलो ढंगले शतक बनाए । उनको एक सय १३ रनको मद्दतले पाकिस्तानले ३ सय २ रनको स्कोर त खडा ग¥यो तर फलोअनबाट बच्न सकेन ।

अष्ट्रेलियाका स्टार्क एक्लैले ६ विकेट लिएका छन् । यासिरलाई भने प्याट कुमिन्सले अन्तिम विकेटको रुपमा आउट गरेका थिए ।

यासिर शाहको बलिङ भने यो प्रतियोगितामा जम्न सकेको छैन । पहिलो इनिङमा उनले ३२ ओभर बलिङ गर्दै एक सय ९७ रन खर्चिँदा एक विकेट पनि लिन सकेनन् । उनले ६ भन्दा बढिको इकोनोमीमा रन चुहाएका थिए, जुन टेस्ट क्रिकेटमा अत्यधिक महंगो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment