
१७ मंसिर, काठमाडौं । कराँतेको कुमुतेमा नेपालले अर्को स्वर्ण जितेको छ । ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका नवीन रसाइलीले नेपाललाई स्वर्ण दिलाएका हुन् ।
मंगलबार भएको फाइनल राउण्डमा उनले पाकिस्तानका अहमेद नासिसलाई ८–६ को स्कोरमा हराए ।
योसँगै १३ औं सागमा नेपालको स्वर्ण पदक संख्या १९ पुगेको छ ।
मंगलबार बिहान उसुको थाउलोमा २ र दुवाथोलनमा १ स्वर्ण हासिल गरेको हो । उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जितेका हुन् ।त्यस्तै, पोखरामा भएको दुवाथोलनमा हिमाल टमाटाले स्वर्ण जितेका छन् ।
१३ औं सागअन्तर्गत अहिले विभिन्न खेलहरू भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4