Comments Add Comment

किन लाग्छ डर ?

डर शब्द आफैंमा डरलाग्दो छ । बालबालिकादेखि वृद्ध-वृद्धासम्मका व्यक्तिहरु नै कुनै न कुरै कुराप्रति डराउने गर्छन् । वास्तवमा डर भनेको एउटा मनोदशा हो । जुन सधैं नै नकारँत्मक हुने गर्दछ । डरले प्रायः व्यक्तिहरुबाट उनीहरुको मनोबल नै खोस्ने गर्दछ । व्यक्तिले जति नै चाहे पनि मनबाट डरलाई पूर्ण रुपले हटाउने सक्दैन । न त डरमाथि कुनै प्रकारको नियन्त्रणले काम गर्छ । विशेषज्ञहरु व्यक्तिकै प्रयासबाट डरलाई व्यवस्थापन गर्न सकिने बताउँछन् भने त्यो गर्दा डर केही हदसम्म नियन्त्रणमा समेत राख्न सकिने बताउँछन् ।

मनोवैज्ञानिकहरुका अनुसार बालबालिकाहरु बाल्यकालदेखि नै जुन परिवेश अथवा वातावरणमा हुर्किएका हुन्छन् । ठूलो भएपछि उनीहरुको मनोबल त्यसै अनुसार विकसित हुँदै जान्छ । किनभने कुनै व्यक्तिको व्यक्तित्वलाई उनीहरुको पारिवारिक पृष्ठभूमि तथा हुर्काउने शैलीले प्रभाव पारिरहेको हुन्छ । सानो उमेरका बालबालिकाहरुलाई साना गल्तीहरुमै ठूलो सजाय दिइयो भने उनीहरु भविष्यसम्म पनि आफ्ना अभिभावकको अनुमतिबिना कुनै पनि कुराको निर्णय गर्न सक्ने क्षमतामै हुँदैनन् । त्यही बानीले उनीहरुलाई जीवनभरीका लागि डरपोक जस्तो बनाइदिन्छ । त्यसो त कतिपय व्यक्तिहरु जन्मजातै निकै संवेदनशील हुन्छन् । फलस्वरुप उनीहरु स-साना असफलतामै हरेश खान थाल्छन् । उनीहरुले कुनै पनि असफलतालाई सफलतामा परिवर्तन गर्ने प्रयास समेत गर्दैनन् ।

कुनै पनि कार्यको थालनी गर्नुभन्दा पहिले असफलताका बारेमा सोचेर डराउने बानीले जो कोहीलाई पनि नयाँ काम गर्नबाट बञ्चित गराउँछ । त्यसबाट उसको सोच्ने तथा बुझ्ने क्षमतामै कमी आउनुका साथै तर्क शक्ति पनि कमजोर हुन्छ । त्यो अवस्थामा पुगेपछि व्यक्तिले कुन कुरा सही हो अथवा कुन कुरा गलत हो भन्ने कुरा समेत छुट्याउन सक्दैन । त्यस्ता व्यक्तिहरुले थोरै जोखिम भएका काममा समेत हात हाल्न हिच्किचाउँछन् ।

त्यस्ता व्यक्तिहरु आफ्नो करियरमा समेत असफल हुने सम्भावना हुन्छ । किनभने उनीहरु कुनै नयाँ कामका लागि चुनौती मोल्न तयार नै हुँदैनन् । त्यसैले उनीहरुले करियरमा सफलता पाउन निकै नै संघर्ष गर्नुपर्छ ।

हरेक कुरामा डराइरहने व्यक्तिलाई अरुले पनि शंकाको नजरले हेर्न थाल्छन् । त्यस्ता व्यक्तिले नयाँ साथी समेत बनाउन सक्दैनन् । त्यसैले पनि हामीले सकेसम्म मनबाट कुनै प्रकारको डरलाई हटाउने प्रयास गर्नुपर्छ ।

डरको उचित व्यवस्थापन कसरी गर्ने ?

-इन्टरनेटमा मोटिभेसनल स्पिकर्सका प्रस्तुतीहरु हेर्नुपर्छ, सुन्नुपर्छ ।

-सकेसम्म राम्रा पुस्तकहरु पढ्नुपर्छ ।

-सकारात्मक सोच भएका मानिसहरुसँग संगत गर्नुपर्छ ।

-यदि तपाईंलाई कुनै निश्चित व्यक्तिको सल्लाह मन पर्दैन भने उसको नजिक पर्नैहुँदैन ।

-अरूले के भन्छन् भन्ने कुरालाई मनबाट निकाल्नुपर्छ । अरुले के भन्छन् भनेर सोच्नुभयो भने तपाईं कहिले अगाडि बढ्न सक्नुहुन्न ।

-सानाभन्दा साना कुराको निर्णयसमेत आफैंले लिने प्रयास गर्नुपर्छ । यसले तपाईंको आत्मविश्वास बढ्छ भने ठूलो निर्णय लिन कुनै पनि प्रकारको डर लाग्दैन ।

-यदि कसैले तपाईंको निर्णयलाई मन पराउँदैन भने उसलाई तार्किक ढंगले सम्झाउने प्रयास गर्नुपर्छ ।

-व्यक्तिले गल्तीबाट नै सिक्ने हो । यदि आफ्नो कुनै निर्णय गलत भयो छ भने त्यसका बारेमा धेरै कुरा सोचेर उदास हुनुपर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment