
१७ मंसिर, काठमाडौं । १३औं सागमा महिला भलिबलको स्वर्णका लागि अहिले नेपाल र भारत भिडिरहेका छन् । र, नेपाल २–१ ले अगाडि छ ।
त्रिपुरेश्परस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट नेपालले गुमाएको थियो । भारत २५–१७ ले विजयी भएको थियो । तर त्यसपछि नेपालले उत्कृष्ट पुनरागमन गर्यो ।
दोस्रो सेट २५–२४ ले जितेको नेपालले तेस्रो सेट २५–२१ ले जित्न सफल भयो ।
अब स्वर्णका लागि नेपाललाई एक सेटमा जित चाहिएको छ ।
खेलमा नेपाली टिमलाई दर्शकको पनि उल्लेख्य साथ छ । जब खेलाडीहरु स्पाइक हान्न जम्प गर्थे तब दर्शक ताली, हुटिङ र बाजा बजाएर समर्थन गर्छन् ।
खेलाडीलाई दर्शकमात्र नभएर भीआईपीतर्फ बसेका उपराष्ट्रपति नन्दबहादुर पुन, युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, राखेप सदस्यसचिव रमेश कुमार सिलवाल, भलिबल संघका अध्यक्ष मनोरन्जन रमन शर्मा लगायतले चियर अप गरे ।
पहिलो पटक सागमा महिला भलिबलमा स्वर्ण जित्ने लक्ष्य बनाएको नेपालले भारतलाई हराउन सके ऐतिहासिक स्वर्ण जित्नेछ ।
प्रतिक्रिया 4