
१७ मंसिर, काठमाडौं । पहिलो सेटमा २५–१७ को हार । तर दोस्रो र तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २५–२४ र २५–२१ को जित । पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा पुगेको नेपाली महिला टोली स्वर्ण पदक नजिक थियो ।
चौथो सेटमा पनि राम्रो प्रदर्शन गरेको थियो । तर उसले २५–२० ले भारत विजयी भयो । त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलको अन्तिम सेट पनि भारतले जितेपछि सागमा स्वर्ण जित्ने महिला भलिबल खेलाडीहरुको सपना टुट्यो ।
कप्तान अरुणा शाहीदेखि सबै खेलाडीहरुले आफूलाई सम्हाल्न सकेनन्, आँसु लुकाउन सकेनन् । यद्यपि सागमा महिला भलिबल टिमले पहिलो पटक रजत पदक जित्दै इतिहास रचेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4