Comments Add Comment

भलिबल कप्तान अरुणाको बाचाः अर्काे सागमा स्वर्ण जित्छौं

१७ मंसिर, काठमाडौं । नेपाली महिला भलिबल टिमका प्रशिक्षक र कप्तान दुबैले चौथो सेटमा जित नजिक पुगेर पनि ससनो गल्तीका कारण हार्न पुगेको प्रतिक्रिया दिएका छन् ।

१३औं दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा मंगलबार नेपाल भारतसँग ३-२ ले पराजित भएको थियो । पहिलो सेट गुमाएको नेपालले उत्कृष्ट पुनरागमन गर्दै लगातार दुई सेट जितेको थियो । प्रतिस्पर्धात्मक चौथो सेट गुमाएसँग नेपालको लय बिगि्रयो र पाँचौं सेटमा भारतले सहज जित निकाल्यो ।

यससँगै नेपाली महिला भलिबलले सागमा स्वर्ण जितेर इतिहास रच्ने अवसर गुमाएको छ ।

कप्तान अरुणा शाहीले पनि भारतलाई कडा टक्कर दिँदादिँदै ससानो गल्तीका कारण हार्न पुगेको बताइन् । ४ महिनाको प्रशिक्षणले नेपाली टिमले भारतलाई टक्कर दिन सक्ने भएको भन्दै उनले अघि भनिन्, ‘यो टिमलाई निरन्तर प्रशिक्षण गराएर खेल्यौं भने अर्काे सागमा हामी पक्कै जित्छौं ।’

प्रशिक्षक जगदिश भट्टले राष्ट्रिय खेलकुद परिषद्, भलिबल संघ तथा भलिबलप्रेमीहरुको चाहनाअनुसार नतिजा नल्यान नसक्नुको नैतिक जिम्मेवारी आफूले लिने बताए । ‘तैपनि हामीले सागमा रजत जितेर अर्काे इतिहास बनाएका छौं । नेपाललाई भलिबलमा रजत दिएका छौं’ खेल पनि उनले भने ।

स्वर्ण जित्ने रणनीति बनाएर मैदान उत्रिएको नेपाल आफ्नै गल्तीका कारण हार्न पुगेको उनले बताए ।

चौथो सेटमा नेपाल हामी जित नजिक पुगिसकेको भन्दै प्रशिक्षक भट्टले भने, ३/४ वटा सर्भिस र २/३ वटा सामान्य बललाई नलिनु नै हारको कारण बन्यो ।’

तर उनले राज्यले लगानी गर्ने हो भने नेपाली भलिबल उत्कृष्ट टिम बन्न सक्ने धारणा राखे । ‘राष्ट्रिय खेलकुद परिषद र भलिबल संघले योजना बनाएर लगानी गर्‍यो भने हामी पनि ५-७ वर्षमा नेपालको भलिबलमाथि जान्छ’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment