Comments Add Comment

बुटवलमा ३ दिने साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी हुने

१८ मंसिर, बुटवल । बुटवलमा साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी हुने भएको छ । आगामी मंसिर २० गतेदेखि २२ गतेसम्म बुटवल साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी हुने आयोजक प्रगतिशील लेखक संघ नेपाल रुपन्देहीले जनाएको छ ।

तीन दिनसम्म चल्ने प्रदर्शनीमा साहित्य क्षेत्रका पुस्तकहरु प्रदर्शन गरिने प्रलेस रुपन्देहीले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

पुस्तक पुस्तक प्रदर्शनीमा पाठ्यक्रमका पुस्तकहरु नराखिने प्रलेसका अध्यक्ष दलबहादुर गुरुङले जानकारी गराए । पठन संस्कृति हराउँदै कमजोर हुँदै गएकाले नयाँ पुस्तामा पठन संस्कृतिको विकास गराउने उद्वेश्यले पुस्तक प्रदर्शनी आयोजना गरिएको सचिव श्यामलाल पोखरेलले बताए ।

पुस्तक प्रदर्शनीमा यस क्षेत्रका लेखक तथा साहित्यकारहरुको सहभागिता रहने छ । यस क्षेत्रको साहित्य, कला,संस्कृति र संङ्गीतको वर्तमान र भविष्यबारे छलफल समेत हुनेछ । साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनीमा दशहजार दर्शकले अवलोकन गर्ने र करिव ५ लाखको पुस्तकहरु बिक्री हुने आयोजकहरुले अपेक्षा गरेका छन् ।

पुस्तक प्रदर्शनी सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरी तयारी पूरा गरिएको छ । प्रदर्शनीको पहिलो दिन साहित्य, कला, संस्कृतिबारे प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले धारणा राख्ने छन् ।

संस्कृति र साहित्यको अन्तरसम्बन्धबारे घनश्याम कोइराला, साहित्यमा जनस्वास्थ्य विषयमा डाक्टर राजेन्द्र खनाल र पठनक संस्कृतिको विषयमा जंगबहादुर शाहाको प्रस्तुती रहने छ ।

दोस्रो दिन सहरको सभ्यता, समकालिन साहित्यमा प्रगतिशीलता, श्रष्टा, साधना सिर्जनात्मक उत्तरदायित्व र बुटवलको ऐतिहांसिकताबारे लेखक साहित्यकारहरुको प्रस्तुती रहने छ भने तेश्रो दिनको कार्यक्रम अन्तर्गत रुपन्देहीको कला साहित्य यात्रा, बालसाहित्य र अभिभावक, लोकगीतमा नारी चेतना, बुटवलको कला साहित्य, कला र संस्कृतिको उन्नयनमा बुटवल लगायतका विषयमा पनि साहित्यक बहस तथा अन्तरक्रिया गरिने छ । प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment