+
+

देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम ५.५ डिग्री

पूर्व, मध्य र पश्चिम तराईका जिल्लामा हुस्सु

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १९ गते ८:५९

१९ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ ।

काठमाडौं उपत्यकामा बिहीबार बिहान साढे ६ बजे मापन गरिएको तापक्रम ५.५ डिग्री सेल्सियस छ । बुधबारको तुलनामा बिहीबार शून्य दशमलव ३ डिग्री तापक्रम घटेको हो । त्यसैले बिहीबार बिहान बढी चिसो महसुस भएको छ ।

सबैभन्दा कम तापक्रम जुम्लाको माइनस ४ डिग्री मापन गरिएको छ ।

चिसो बढ्ने क्रम जारी रहने मौसमविद गंगा नगरकोटीले बताइन् ।

तराई मधेशका जिल्लाहरुमा हुस्सु लागेकाले त्यहाँ पनि चिसो महसुस भएको छ । बिहानपख पूर्व, मध्य र पश्चिम तराईका जिल्लाहरुमा हुस्सु कुहिरो लागेको छ ।

हुस्सु र कुहिरोको कारण भिजिबिलिटी पनि कम भएको छ । यो हुस्सु र कुहिरो मध्याह्नपछि बिस्तारै हट्दै जाने मौसम विज्ञान विभागले जनाएको छ ।

मौसमविदहरुले पश्चिम तराईमा कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपुर जिल्लालाई राखेका छन् ।

यसैगरी मध्य तराईमा चितवन, पर्सा, बारा, रुपन्देही, सर्लाही, धनुषा र परासी जिल्ला छन् । महोत्तरी, सिरहा, सप्तरी, सुनसरी, मोरङ र झापा जिल्ला पूर्वी तराईमा पर्दछन् ।

आगामी २४ घण्टासम्म शितलहरको सम्भावना भने नरहेको मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?