Comments Add Comment

६-० को जित निकाल्दै भारत महिला फुटबलको फाइनलमा

१९ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा भारत फाइनलमा पुगेको छ ।

बिहीबार बिहान पोखरामा भएको खेलमा श्रीलंकालाई ६-० ले हराउँदै भारत महिला फुटबलको फाइनलमा पुगेको हो ।

अघिल्लो खेलमा भारतले माल्दिभ्सलाई ५-० ले हराएको थियो ।

दोस्रो खेल आजै २ बजे नेपाल र माल्दिभ्सबीच हुनेछ । माल्दिभ्सलाई हराए नेपाल फाइनलमा पुग्ने छ । यसअघिको खेलमा नेपालले श्रीलंकालाई १-० ले हराएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment