Comments Add Comment

बुद्धिबहादुरले दिलाए नेपाललाई ३२ औं स्वर्ण, आठौंको रेकर्ड तोडियो

१९ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा बुद्धिबहादुर तामाङले साइक्लिङमा स्वर्ण पदक जितेका छन् । यससँगै जारी सागमा नेपालको स्वर्ण ३२ पुगेको छ ।

बिहीबार गोकर्णमा भएको पुरुष क्रस कन्ट्रीमा बुद्धिबहादुरले १ घन्टा १९ मिनेट ८ सेकेण्डमा निर्धारित दुरी पार गरे ।

यस्तै १ मिनेट १९.४० सेकेण्डमा दुरी पारे गरेका नेपालकै राजिभ राईले रजत र १ मिनेट २१.०० सेकेण्डमा निर्धारित दुरी पार गरेका ओकेशराज बज्राचार्यले काश्य जिते ।

आठौंको रेकर्ड तोडियो

बुद्धिबहादुरको स्वर्णसँगै नेपालले सागको अहिलेसम्म्कै संस्करणमा सर्वाधिक स्वर्ण जितेको छ ।

साफको सातौं संस्करणसम्म दोहोरो अंकमा स्वर्ण पदक जित्न नसकेको नेपालका लागि आठौं साफ ऐतिहासिक रह्यो ।

१९९९ मा काठमाडौंमा आयोजित आठौं सागमा नेपालले ३१ स्वर्ण जितेको थियो । पहिलो पटक समावेश गरिएको कराँते र तेक्वान्दोमा नेपालले १४-१४ वटा स्वर्ण पदक जितेर इतिहास रचेको थियो ।

त्यतिबेला बक्सिङ दुई र पौडीमा एउटा स्वर्ण नेपालले जितेको थियो । कुल ३१ स्वर्ण सहित नेपाल पहिलो पटक साफ अंक तालिकामा दोस्रो स्थानमा आएको थियो । त्यो नै १२ औं साग अघिको नेपालको सर्वाधिक ठूलो उपलब्धी थियो ।

त्यसअघि सन् १९८४ मा साफ शुरु हुँदा नेपालले जम्मा चार स्वर्ण जितेको थियो । १९८५ मा एक, १९८७ मा दुई, १९८९ मा एक, १९९१ म्ाा दुई, १९९३ मा एक र १९९५ मा चार स्वर्ण पदक जितेको थियो । २००४ मा पाकिस्तानमा आयोजित साफमा नेपालमा जम्मा सात स्वर्ण जित्यो । २००६ मा श्रीलंकामा आयोजित दशौं संस्करणदेखि साफको नाम साग बन्यो । त्यसमा नेपालले ७ स्वर्ण जित्यो । ड्रोपिङ टेस्ट अनुत्तीर्ण भएपछि राजेन्द्र भण्डारीले जितेको दुई वटा स्वर्ण पदकले मान्यता पाएन ।

२०१० मा ढाकामा आयोजित सागमा आठ र २०१६ मा भारतमा आयोजित १३ औं सागमा जम्मा तीन वटा स्वर्ण जितेको थियो ।

१३ औं सागमा हालसम्मका स्वर्ण विजेताहरूः

१ मण्डेकाजी श्रेष्ठ – कराँते
२ सोनी गुरुङ – ट्रायथोलन
३ कमल श्रेष्ठ – तेक्वान्दो, पुम्से
४ निर्मला तामाङ, सरु कार्की, संगीता मगर – कराँते
५ सिना मादेन – तेक्वान्दो, पुम्से
६ मन्डेकाजी श्रेष्ठ, प्रवीण मानन्धर, महशुस तामाङ-कराँते
७ लक्ष्मण तामाङ – कराँते
८ पार्वती गुरुङ – तेक्वान्दो -पुम्से)
९ आयशा शाक्य – तेक्वान्दो -पुम्से)
१० विप्लवमान श्रेष्ठ – कराँते
११ कुसुम खड्का – कराँते
१२ आयशा शाक्य, सञ्जिवकुमार ओझा- टीम पुम्से
१३ अनु अधिकारी – कराँते
१४ निशा दर्नाल, स्वम्तिमा तामाङ, सञ्जिला तिमल्सिना-टीम पुम्से
१५ निता गुरुङ, प्रशंसा क्षेत्री, सुशीला राई- तेक्वान्दो -पुम्से)
१६ हिमाल टमटा – दुवाथोलन
१७ विजय सिञ्जाली – उसु -थाउलो)
१८ सुम्मिता तामाङ – उसु -थाउलो)
१९ नवीन रसाइली – कराँते
२० सन्तोषी श्रेष्ठ – एथ्लेटिक्स
२१ काजोल श्रेष्ठ – तेक्वान्दो
२२ वीरबहादुर महरा – तेक्वान्दो
२३ सुनिता महर्जन – तेक्वान्दो
२४ अनुपमा मगर – कराँते
२५ दीपक हमाल – उसु
२६ राजेश मगर – साइक्लिङ
२७ निस्मा श्रेष्ठ – साइक्लिङ
२८ संगिता बस्याल – तेक्वान्दो
२९ सक्षम कार्की – तेक्वान्दो
३० निमा घर्ती मगर – उसु
३१ लक्ष्मी मगर – साइक्लिङ
३२ बुद्धिबहादुर तामाङ – साइक्लिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment