
१९ मंसिर, गुल्मी । गुल्मीमा एक महिनाअघि बेपत्ता भएका एक व्यक्ति मृत भेटिएका छन् ।
कात्तिक २० गतेदेखि बेपत्ता भएका मालिका गाउँपालिका-६ आरुपाटामा ४१ वर्षीय नारायण पराजुलीको शव भेर्टिको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी मिनबहादुर घलेले जानकारी दिए ।
पराजुलीको शव मालिका गाउँपालिकाको आरुपाटा जंगलमा भेटिएको हो । उनको भीरबाट लडेर मृत्यु भएको हुनसक्ने डीएसपी घलेले बताए ।
शवलाई पोष्टमार्टको लागि गुल्मी अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4