Comments Add Comment

इराकमा रहेका नेपालीको सुरक्षामा गम्भीर हुन गृहमन्त्री थापाको आग्रह

१९ मंसिर, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा (बादल) ले इराकमा रहेका नेपालीको सुरक्षामा गम्भीर भइदिन नेपालका लागि इराकका राजदूतसँग आग्रह गरेका छन् ।

नवनियुक्त गैरआवासिय राजदूत डा. फलाह अब्लुल्हसन अब्दुलसदाले बिहीबार गरेको शिष्टाचार भेटवार्तामा थापाले इराकमा रहेका नेपालीबारे चिन्ता व्यक्त गरेका हुन् ।

गृहमन्त्रीको सचिवालयका प्रेस संयोजक किरण भट्टराईका अनुसार जवाफमा राजदूत अब्लुल्हसनले इराकमा रहेका नेपालीको सुरक्षामा आफूहरु गम्भिर रहेको उल्लेख गरे । साथै, इराकको विकासमा नेपालीको महत्वपूर्ण योगदान रहेको पनि चर्चा गरे ।

आतकंवाद अहिले विश्वको साझा समस्या रहेको भन्दै त्यसविरुद्धको लडाइँमा पनि नेपालले साथ दिने उनले विश्वास व्यक्त गरे । नेपालले भ्रमण वर्ष २०२० मनाउन गइरहेको सन्दर्भमा इराकबाट थप पर्यटकको आगमनका लागि वातावरण बनाइदिन पनि थापाले राजदूतसँग आग्रह गरेका थिए ।

जवाफमा भारतमा वर्षेनी ८० हजार इराकी पर्यटकको रुपमा आउने गरेको तथ्यांक प्रस्तुत गर्दै राजदूतले प्रवेशाज्ञा प्रक्रिया खुकुलो बनाए नेपाल भ्रमण वर्षमा ठूलो संख्यामा इराकी नागरिकले नेपाल भ्रमण गर्ने जनाएका थिए ।

थापाले इराकीका लागि प्रवेशाज्ञा प्रकि्रया खुकुलो बनाउन पहल गर्ने प्रतिबद्धता पनि जनाए । सिंहदरबारमा भएको भेटमा नेपाल-इराक द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको भट्टराईको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment