Comments Add Comment

सानिमा बैंकको वाषिर्कोत्सवमा विशेष छुट

१९ मंसिर, काठमाडौं । सानिमा बैंक लिमिटेडले आफनो १५औं बाषिर्कोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई ‘अफर सानिमा बैंकको, रोजाई तपाईको’ नामक योजना ल्याएको छ । यस योजनामा सानिमा बैंकको विभिन्न डिजिटल सेवाहरु तथा सामान खरिदमा छुट प्रदान गर्ने छ ।

बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गरी ल्याएको यो योजना २०७६ मंसिर २० देखि २२ गतेसम्म तीन दिनको लागि लागु हुनेछ । यो योजनाअन्तर्गत बैंकको डिजिटल सेवाहरुजस्तै डेविट कार्ड, क्रेडिट कार्ड, ट्राभल् कार्ड, प्रायोरीटि पास, मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग लगायतमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

साथै विभिन्न रेष्टुरेन्ट तथा विद्युतीय सामान र मोबाइल फोन खरिदमा समेत विशेष छुटको व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment