
१९ मंसिर, काठमाडौं । पौडीमा बिहीबार नेपाललाई स्वर्ण र कास्यपदक जिताएकी गौरिका सिंहले आज आफ्नो दिन राम्रो रहेको प्रतिक्रिया दिएकी छन् । उनले आइतबार व्यक्तिगत २ सय मिटर फ्रीस्टाइलमा स्वर्ण र टिम इभेन्टमा कास्य पदक जितेकी छन् ।
‘आज मेरो बेस्ट डे रह्यो । एकदमै खुशी भएको छु । मलाई तिमी नेपाली होइन भन्छन् म नेपाली हो यो नेपालको मेडल हो । नेपाल र नेपालीलाई डेडिकेट गर्न चाहन्छु’ उनले भनिन् ।
बिहीबारको खेलपछि आफ्ना पनि फ्यान रहेछन् भन्ने थाहा भएको भन्दै गौरिकाले खुशी व्यक्ति गरिन् । गौरिकाले जितेको स्वर्ण नेपालमा पौडीमा व्यक्तिगत तर्फ पहिलो स्वर्ण हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4