+
+

अर्थ मन्त्रीले गरे बिग मर्जरको औपचारिक शुभारम्भ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २० गते ९:४८
Photo Credit : फाइल तस्वीर

२० मंसिर, काठमाडौं । अर्थ मन्त्री युवराज खतिवडाले बिग मर्जरको औपचारिक शुभारम्भ गरेका छन् ।

शुक्रबार बिहान आयोजित एक कार्यक्रमबीच मन्त्री खतिवडाले ‘क’ वर्गका दुई बैंकहरु ग्लोबल आईएमई र जनता बैंक नेपाल गाभिएको घोषणा गरेर बिग मर्जर शुभारम्भ गरेका हुन् ।

राष्ट्र बैंकले ठूला बैंक धेरै भएको भन्दै गाभ्ने नीति लिएको छ । योसँगै बिग मर्जरको औपचारिक सुरुवात भएको छ । दुई वाणिज्य बैंक गाभिएसँगै नेपालमा ‘क’ वर्गका वाणिज्य बैंकको संख्या २७ मा झरेको छ ।

यी दुई बैंक एक भए पनि अन्य वाणिज्य बैंकहरूले एक आसपमा गाभिन प्रयास गरेका छैनन् । ठूला बैंकहरुले विकास बैंक र फाइनान्स कम्पनीहरुमा नै आँखा लगाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?