Comments Add Comment

पहिलो डीएसएस डाटा कल आयोजनाः वैश्विक पार्टनर्ससँग ओपोकाे सहकार्य

१८ मंसिर, काठमाडौं । ओपोले एरिक्सन, क्वालकम टेक्नोलोजिज् (क्वालकम ईनकर्पोरेटेडको सहायक), स्विसकम र टेल्स्ट्रासँगको सहकार्य मार्फत विश्वकै पहिलो डीएसएस सक्रिय फाइभजी स्मार्टफोनबाट उद्योगकै पहिलो डीएसएस (डायनामिक स्पेक्ट्रम शेयरिङ) डाटाकल सफलतापूर्वक सम्पन्न गरेको छ ।

योसँगै ओपो वैश्विक रुपमै डीएसएस सपोर्ट गर्ने पहिलो स्मार्ट उपकरण ब्राण्ड बन्न सफल भएको छ । डीएसएस प्रविधिलाई ब्यवसायिक यथार्थमा परिणत गर्ने बाटोमा यो सफलता एक कोशेढुङा समान हो । डीएसएस प्रविधिले विद्यमान फोरजी र फाइभजी फ्रिक्वेन्सी स्पेक्ट्रम्स तथा सञ्जाल वाहकलाई लाभ प्रदान गराउँदै फाइभजी सेवाको वैश्विक तैनाथीमा ब्यापकता प्रदान गर्ने र फाइभजी अनुभवलाई अझ फैलाउन सघाउने ओपोकाे भनाइ छ ।

नोवेम्बर २९ मा गरिएको सफल डीएसएस कल, क्वालकम स्न्यापड्रागन एक्स ५५ मोडेम–आरएफ सिस्टमद्वारा सञ्चारित ओपो फाइभजी स्मार्ट फोनबाट गरिएको थियो । कलले स्विट्जरल्याण्डको बर्न र अष्ट्रेलियाको गोल्ड कोस्टलाई एरिक्सन स्पेक्ट्रम सेयरिङ (ईएसएस) प्रविधि सहितको स्विसकम र टेल्स्ट्राको ब्यवसायिक फाएभजी सञ्जाल मार्फत जोडेको थियो ।

कलको सफलताका लागि थ्रीजीपीपी फ्रिक्वेन्सी डिभिजन ड्यूप्लेक्स (एफडीडी) ब्याण्डको प्रयोग गरिएको थियो । यसले ओपो एरिक्सन फाइभजी ज्वाइन्ट ल्याबको सफलताको प्रमाण पनि प्रस्तुत गरेको छ । फोरजीसँग तुलना गर्दा फाइभजीले उच्च गतिका साथै न्यून बिलम्बता समयका साथै भिडियोको गुणस्तरमा बृद्धि प्रदान गर्दै प्रयोगकर्तालाई अभूतपूर्व फाइभजी भिडियो कल अनुभव प्रदान गर्छ ।

ओपोका उपाध्यक्ष तथा सफ्टवेयर ईञ्जिनियरिङ बिजनेस एकाईका अध्यक्ष एण्डी वुले भने, ‘एक अग्रणी वैश्विक प्राविधिक कम्पनीका रुपमा ओपोले फाएभजीको ब्यापक व्यावसायिकरणका लागि निकै सक्रियताका साथ काम गरिरहेको छ । डीएसएस प्रविधिको ब्यवसायिक प्रयोगका लागि एरिक्सन, क्वालकम, स्विसकम र टेल्स्ट्रासँगको हाम्रो सहकार्य फाएभजी यूगमा हाम्रो थप गहिरो सहकार्यको एक अंश हो । आउने बर्षमै डीएसएस सपोर्ट गर्ने फाइभजी स्मार्टफोन्स सार्वजनिक गर्ने ओपोको योजना छ । यसले प्रयोगकर्तालाई थप स्थिर, निर्वाध र तिब्र गतिको फाइभजी कनेक्सनका साथमा उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्नेछ ।’

हाम्रो फाइभजी ईको सिस्टम पार्टनर्स ओपो, क्वालकम टेक्नोलोजिज् र उपभोक्ताहरु स्विसकम र टेल्स्ट्राका साथमा प्राप्त यो कोशेढुङा समान सफलता माफर्त हामीले यस पृथक समाधानले सेवा प्रदायकलाई तिनका फोरजी स्पेक्ट्रम एसेट्सलाई फाइभजीका लागि पुनः प्रयोग मात्र नभइ सबै फाइभजी उपकरण सपोर्ट गर्ने कुरा समेत प्रमाणित गरेका छौँ । यथास्थित ब्याण्ड मार्फत फाइभजी सार्वजनिक गर्न, राष्ट्रब्यापी रुपमा फाइभजी सक्रिय गर्न र वैश्विकस्तरमै फाइभजी सर्वसुलभ बनाउन यो प्रविधि आर्थिक सम्भाब्यताका हिसाबले पनि सहज छ ।’

क्रिस्टफ एस्क्लिमन, कार्यकारी बोर्डका सदस्य तथा आईटी प्रमुख, नेटवर्क एण्ड ईन्फ्रास्ट्रक्चर, स्विस्कमले भने, ‘हाम्रा पार्टनर्सका साथमा नयाँ कोशेढुङा स्थापना गर्न पाउँदा हामी निकै गौरवान्वित छौँ। पहिलो अन्तरराष्ट्रिय ईन्ड टू ईन्ड एरिक्सन–डीएसएस हाम्रो फाईभजी यात्रामा नयाँ अग्रगामी कदम हो । यस सफलताको सम्भाब्यताका लागि प्रमाणित फाइभजी ट्रयाक रेकर्ड सहितको प्रोभाइडर, भेन्डर, चिपसेट र ह्यान्डसेट निर्माता लगायतको सहकार्य अपरिहार्य थियो ।’

फाइभजी उपलब्ध गराउन थालिएसंगै वैश्विक वायरलेस स्पेक्ट्रम संसाधनको अवस्था सञ्जालहरुका लागि अझ कठिन हुन थालेको छ । डीएसएस प्रविधि भित्रिएसंगै यसले वाहकलाई सफ्टवेयर अपग्रेड गरेकै भरमा स्पेक्ट्रमलाई बहुआयामिक तरिकाले सेयरगर्न सक्षम बनाएको छ । यसले गर्दा विद्यमान फोभरजी सञ्जाल मार्फत नै उपभोक्तालाई फाइभजी सेवा प्रदान गर्न सकिने भएको छ । डीएसएसले वाहकलाई ब्यापक रुपमा फाइभजी सञ्जाल मितब्ययी मूल्यमा अझ तिब्र गतिमा फैलाउन सघाउँछ । त्यसैगरी, मोबाइल प्रयोगकर्ताले डीएसएस सक्रिय सञ्जाल, डीएसएस सपोर्ट गर्ने स्मार्टफोन मार्फत फाइभजी सेवाको उपभोग गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment