Comments Add Comment

रुपन्देहीमा सर्वाधिक राशीको स्नुकर प्रतियोगिता हुने

२० मंसिर, बुटवल । रुपन्देहीमा सर्वाधिक राशीको स्नुकर प्रतियोगिता हुने भएको छ । रुपन्देहीका स्नुकर खेलाडी स्व. राजु लामाको स्मृतिमा ५० हजार रुपैया राशीको खुल्ला स्नुकर प्रतियोगिता हुने भएको हो ।

न्यु क्लब १३ को आयोजनामा मंसिर २७ गतेदेखि बुटवलमा प्रतियोगिता हुने भएको आयोजक क्लबका अध्यक्ष संन्जु बस्नेतले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिए ।

प्रतियोगितामा उपाधि विजेताले नगद ५० हजार रुपैयाँ, उपविजेताले नगद २५ हजार रुपैयाँका साथै कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसै गरी सेमीफाइनलमा पुग्ने २ जनालाई नगद पाँच हजार, सर्वाधिक ब्रेकलाई पाँच हजार, ५० भन्दा बढी ब्रेक गर्नेलाई नगद ५ हजार, ट्रफीका साथै राइजिङ प्लेयरलाई प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिनेछ ।

मैत्रीपथस्थित क्लब १३ मा हुने प्रतियोगितामा देशभरबाट १२८ बढी खेलाडीहरु सहभागी हुने खेल संयोजक वीरेन शाक्यले बताए ।

स्वर्गीय लामाका भाइ हसन्त लामाले प्रतियोगिताको प्रथम र द्धितीय पुरस्कार सौजन्य गरेका हुन् । प्रतियोगितामा काठमाडौं, पोखरा, नारायणगढ, हेटौंडा, कपिलबस्तुबाट खेलाडीहरु सहभागी हुने छन् ।

सहभागी खेलाडीलाई एक हजार पाँच सय प्रवेश शुल्क राखिएको छ । कार्यक्रममा नेपाल विलियार्ड, स्नुकर तथा पुल संघका केन्द्रीय सदस्य हरि क्षेत्रीले स्नुकर खेलको विकास गर्न सरकारबाट नै खेल प्रतियोगिता गराउनुपर्ने बताए ।

नेपाल पुल तथा स्नुकर संघका जिल्ला उपाध्यक्ष सुजन पुनले रुपन्देही जिल्ला स्नुकर खेलाडी उत्पादनको रुपमा चिनिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment