+

म्याराथनमा किरणसिंह बोगटीले जिते स्वर्ण पदक

२०७६ मंसिर  २१ गते १२:३० २०७६ मंसिर २१ गते १२:३०
म्याराथनमा किरणसिंह बोगटीले जिते स्वर्ण पदक

२१ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपालले स्वर्ण पदक जितेको छ । पुरुषतर्फको स्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।

उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे । यस स्पर्धामा भारतीय खेलाडी दोस्रो र तेस्रो हुँदै रजत र कास्य पदक जिते ।

सन् १९९५ मा नेपालका टीका बोगटीले म्याराथनमा स्वर्ण जितेका थिए । त्यसपछि १३ औं सागमा किरण बोगटीले नेपाललाई स्वर्ण दिलाएका हुन् ।

साग खेलकुदमा सबैभन्दा कम समयमा म्याराथन दौड जितेको रेकर्ड भने बैकुण्ठ मानन्धरको नाममा छ । उनले सन् १९८७ मा २ घण्टा १५ मिनेट ३ सेकेण्डमा निर्धारित दुरी पार गरेर रेकर्ड राखेका छन् ।बैकुण्ठ मानन्धरले १९८४ र १९८५ मा पनि म्याराथन दौड जितेका थिए ।

सन् १९९५ मा मद्रासमा आयोजित साग प्रतियोगितामा नेपालका टीका बहादुर बोगटीले म्याराथन दौडमा स्वर्ण जितेका थिए ।

सन् २०१० मा ढाकामा आयोजित सागमा नेपालका राजेन्द्रसिंह भण्डारी पहिलो भए पनि डोपिङमा परेपछि उनले पदक गुमाएका थिए ।

 

१३ औं साग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय