+
+

महिला म्याराथनमा नेपाल दोस्रो, पुष्पाले दिलाइन् रजत

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २१ गते १०:००

२१ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडअन्तर्गत महिलातर्फको स्पर्धामा नेपाल दोस्रो भएको छ । श्रीलंका पहिलो हुँदै स्वर्ण जित्दा नेपालकी पुष्पा भण्डारी दोस्रो भइन् ।

उनले निर्धारित दुरी २ घण्टा ५० मिनेट ११ सकेण्डमा पार गरिन् ।

पहिलो भएकी श्रीलंकाकी खेलाडी हिरुनी केसाले भने २ घण्टा ४१ मिनेट २४ सेकेण्डमा दौड पूरा गरिन् । २ घण्टा ५२ मिनेट ४४ सेकेण्डमा दौड पूरा गरेकी भारतीय खेलाडी ज्योतीले तेस्रो हुँदै कास्य पदक जितेकी छन् ।

पुरुषतर्फको स्पर्धामा भने नेपालका किरणसिंह बोगटीले स्वर्ण पदक जितेका छन् । उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?