Comments Add Comment

सारीमा सजिएकी वर्षा

नायिका वर्षा राउत बिहेपछि केही कार्यक्रममा उपस्थित हुँदा बोल्ड देखिएकी थिइन् । कतिपयले वर्षालाई बिहेपछि पनि बोल्ड देखिन खोजेको भन्दै टिप्पणी पनि गरे । वर्षाले भने आफूलाई खुलेको पहिरनमा प्रस्तुत गरिरहेकी थिइन् ।

तर, पछिल्ला केही कार्यक्रममा भने वर्षालाई सारीमा सजिएकी देख्न थालिएको छ । केही दिन अगाडि आयोजित एक अवार्ड समारोहमा रातो सारीमा सजिदा वर्षाको तारिफ भएको थियो । वर्षालाई अरु बेलामा भन्दा रातो सारीमा झनै आकर्षक देखिएको चर्चा पनि भयो ।

उनै, वर्षा फेरि अर्को एक कार्यक्रममा सारीमा देखिएकी छिन् । उनलाई सारीमा खुबै सुहाएको छ । वर्षा जाडो मौसम लागेपछि सारीमा सजिन थालेकी हुन् या, सारीमा सजिदा आकर्षक देखिएपछि उनलाई यो पहिरनले आकर्षण गरेको हो, यो उनले नै जान्ने कुरा भयो ।

तर, ‘सारीमा नारी’ भन्ने भनाई वर्षाको हकमा भने गज्जबले लागू भएको छ । हुनत, अहिले अविवाहित महिलाले पनि सारी खुबै लगाउँछन् । तर, बिहेपछि सारीमा महिलालाई बढी देख्न पाइन्छ । वर्षाको सारी मोह सधै कायम रहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment