+
+

अपराजित रहँदै स्वर्ण जित्छौं : बालगोपाल

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २२ गते २०:३४

२२ मंसिर, काठमाडौं । नेपाल लगातार दोस्रो पटक दक्षिण एसियाली खेलकुद (साग)को स्वर्ण पदक नजिक पुगेको छ ।

आइतबार अन्तिम लिग खेलमा बंगलादेशलाई १-० ले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो । सन् २०१६ मा भारतमा भएको १२औं सागको फुटबलको उपाधि जितेको नेपाल लगातार स्वर्ण जितेर कीर्तिमान बनाउने योजनामा छ ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले पनि नेपालको लक्ष्य स्वर्ण घरमा राख्ने भएका बताए । ‘हामी लिगमा अपराजित एक्लो टिम हौं । अब हामी फाइनलमा पनि भुटानलाई जित्दै स्वर्ण जित्न चाहन्छौं’ बंगलादेशलाई हराएपछि महर्जनले भने ।

नेपालले लिग चरणमा ३ खेल जित्दा १ बराबरी खेलेको थियो । बंगलादेश विरुद्ध ११औं मिनेटमै सुनिल बलले गरेको गोल नेपालको जितमा निर्णायक बनेको थियो ।

त्यसपछि पनि नेपालले गोलका लागि केही अवसर पाएपनि सदुपयोग गर्न सकेको थिएन । प्रशिक्षक बालगोपालले पनि शुरुमै गोल गर्दा खेल जित्न सहज भएको बताए ।

नेपालले मंगलबार दिउँसो ३ बजे स्वर्णका लागि भुटानसँग फाइनल खेल्दैछ । लिग चरणमा नेपालले भुटानलाई ४-० ले पराजित गरेको थियो । माल्दिभ्सलाई २-१ ले हराएको नेपालले श्रीलंकासँग १-१ को बराबरी खेलेको थियो ।

भुटानले भने नेपालबाहेक सबै टिमलाई हराएको छ ।

३ वर्षअघि नेपालले स्वर्ण जित्दा टिममा रहेका चार खेलाडी अहिले पनि नेपाली टिममा छन् ।

यस्तै नेपाली टिमको कोचिङ स्टाफमा रहेको ४ जनाले पनि खेलाडीको रुपमा सागमा स्वर्ण जितेका थिए । ‘हाम्रो टिममा मसँगै मृगेन्द्र मिश्र र राजेश मान्नधर, एडभाइजर मिलन भक्त हाडाले खेलाडीको रुपमा स्वर्ण जितेका थियौं’ प्रशिक्षक मर्हजनले भने, ‘अहिले टिममा रहेका ४ खेलाडीले १२औं सागमा स्वर्ण जितेका थिए । अब हामी बाँकी खेलाडीलाई पनि स्वर्ण दिलाउनेछौं ।’

महर्जन लगायत चार जनाले सन् १९९३ मा भएको छैटौँ साग फुटबलमा स्वर्ण जितेका थिए । यस्तै २० वर्ष अघि नेपालमै भएको आठौं सागमा नेपालले बंगलादेशसंग फाइनल हार्दा भने बालगोपाल नेपाली टिममा खेलाडीको रुपमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment