Comments Add Comment

‘झिंगे दाउ’मा केकीको भिन्न गेटअप

अमेरिकामा आयोजना भएको एक अवार्ड, नायिका ऋचा शर्माको बिहे सकेपछि नायिका केकी अधिकारी चलचित्र ‘झिंगे दाउ’को छायांकनमा जोडिएकी छिन् । केकी अधिकारीलाई यो चलचित्रमा भिन्न भूमिकामा देख्न सकिन्छ । नायिका आँचल शर्मा जस्तै केकीलाई पनि दर्शकले फरक लुक्समा देख्न पाउनेछन् ।

यो चलचित्र हाल भकुेन्डेबेसीमा निर्माण गरिएको सेटमा छायांकन भैरहेको छ । ज्ञानेन्द्र देउजाको प्रस्तुति तथा निर्देशनमा तयार भैरहेको चलचित्रमा केकीको साथमा आँचल शर्मा, मुकुन भुषाल मुख्य भूमिकामा छन् ।

सामाजिक कथामा बन्न लागेको यो चलचित्रमा कलाकारको भूमिकाले अझै उत्साहित बनाउने अपेक्षा निर्देशकको छ । नायिका केकी अधिकारीलाई यस्तै गेटअपमा दर्शकले यसअघि ‘मसान’ चलचित्रमा मात्र हेर्न पाएका थिए ।
यसैले पनि केकी र आँचलको गेटअप दर्शकका लागि भिन्न हुने अपेक्षा गर्न सकिन्छ । चलचित्रको छायांकन धमाधम भएपनि यसको प्रदर्शन मिति भने तोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment