+
+
Shares

निजी विद्यालयलाई सामाजिक संस्थामा रूपान्तरण गर्दै सरकार

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २४ गते ७:००

२४ मंसिर, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) मा गौरिका सिंहले बनाएको कीर्तिमान र नेकपाको बढ्दो संगठनात्मक सक्रियताले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएका छन् । यसबाहेक अख्तियारको छानबिन, संस्थानमा सरकारले गरेको लगानी, विद्युत्तीय चुल्हो प्रवद्र्धनलगायत विषयबारे पनि पत्रपत्रिकाहरूले चर्चा गरेका छन् ।

कान्तिपुरले ‘गौरिका गौरव’ शीर्षक दिएर एउटै सागमा ४ स्वर्णको कीर्तिमान बनाउने गौरिका सिंहबारे एक सामग्री छापेको छ । कान्तिपुरका अनुसार १३ वर्षको छँदै १२ औं सागमा एक रजत र तीन कास्य पदक जितेकी गौरिकाले १३ औं सागमा स्वर्ण चुम्ने सपना बुनेकी थिइन् ।

‘त्यो सपना उनले स्वदेशमै आएर १३ औं संस्करणमा पूरा गरिन् । त्यो पनि एउटा होइन, ४ वटा स्वर्ण जितेर’ कान्तिपुरले लेखेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठक र नेकपा सचिवालय बैठकसँग जोड्दै कान्तिपुरले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले आ–आफ्नो मोर्चा सम्हाल्न थालेको लेखेको छ ।

एक महिनाअघि ओली र प्रचण्डबीच एक अध्यक्षले सरकार र अर्काले पार्टी चलाउने सहमति भएको थियो । त्यसको १ महिनापछि नयाँ सहमतिअनुसार आ–आफ्ना मोर्चाको जिम्मेवारी सम्हालेको स्पष्ट दृश्य देखिएको ठम्याइ कान्तिपुरको छ ।

निजी विद्यालयलाई सामाजिक संस्थामा रूपान्तरण गर्दै सरकार

निजी लगानीमा सञ्चालित विद्यालयलाई सेवामूलक सामाजिक संस्थाका रूपमा रूपान्तरण गर्ने तयारीमा सरकार लागेको खबर नेपाल समाचारपत्रले छापेको छ । समाचार अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको राष्ट्रिय शिक्षा नीतिमा सो विषय उल्लेख गरिएको छ ।

समाचार पत्रका अनुसार अति गोप्य राखिएको नीतिमा शिक्षामा निजी लगानी गर्नेलाई संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने, अंग्रेजी वा नेपाली वा दुवै शिक्षणको माध्यम हुनुपर्ने, विद्यालयमा विद्यालय कोष स्थापना गरिनुपर्नेलगायतका विषय समेटिएको छ ।

समाचार पत्र लेख्छ– छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रमा लगिएको सो नीतिसँगै विज्ञान नीतिलाई समेत समावेश गरिएको छ ।

जापानी भाषा परीक्षामा सबैभन्दा कमजोर नेपाली

नेपाली युवालाई रोजगारीको अवसर दिन जापान फाउन्डेसनले लिएको भाषा परीक्षामा नेपालको नतिजा सहभागी पाँच राष्ट्रमध्ये सबैभन्दा कमजोर देखिएको छ ।

कारोबारका अनुसार गत कात्तिकमा लिइएको आधारभूत जापानी भाषा परीक्षामा एकै समूहमा परीक्षा दिएका मंगोलियो, इन्डोनेसिया, कम्बोडिया र फिलिपिन्सपछि सबैभन्दा कमजोर नतिजा नेपालको छ ।

जापान फाउन्डेसनले प्रकाशित गरेको नतिजा तालिकामा नेपालबाट ४९७ ले परीक्षाका दिएकोमा ५६ जनामात्र उत्तीर्ण भएका छन् । सो नतिजाअनुसार सबैभन्दा बढी मंगोलियाबाट ६१ र नेपालबाट ११ प्रतिशत उत्तीर्ण भएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?