Comments Add Comment

रुपन्देही र कपिलवस्तुका १२ इँटा उद्योग बाल श्रममुक्त

२४ मंसिर, बुटवल । प्रदेश पाँचमा सञ्चालित झण्डै तीन सय इँटा उद्योगमध्ये रुपन्देही र कपिलवस्तुका १२ वटा इटा उद्योग पूर्णरुपमा बालश्रममुक्त भएका छन् ।

तीमध्ये चारवटा प्रमाणीकरण भइसकेका छन् भने अन्य प्रमाणीकरण हुन बाँकी छ । नेपालमा ३० हजार भन्दा बढी बालबालिका इँटा उद्योगमा श्रमिक छन् भने ६५ हजार बालबालिका अभिभावकसंग बस्ने उद्योगमा बस्ने गरेका छन् ।

बालश्रम मुक्त घोषणा भई प्रमाणीकरणसमेत भइसकेका उद्योगमा रुपन्देहीको सिद्धार्थ इटा उद्योग र कपिलवस्तुका समृद्धि इँटा उद्योग, एनएसएस इटा उद्योग र सेभेनस्टार इँटा उद्योग रहेका छन् ।

प्रमाणीकरण हुन बाँकी उद्योगमा रुपन्देहीको सोना इँटा उद्योग र कपिलवस्तुको लम्की इँटा उद्योग, बुद्ध इँटा उद्योग, आरसी इँटा उद्योग, बौद्ध इँटा उद्योग, एपोलो, हिमाल र जयसवाल इँटा उद्योग रहेका छन् । कपिलवस्तुमा ७५ र रुपन्देहीमा ५२ वटा इँटा उद्योग रहेका छन् ।

बाल श्रममुक्त १२ वटै उद्योगलाई नेपाल गुडविल फाउण्डेशन र ग्लोबल फेयरनेस इनिसिएटिभको आयोजनामा बेटर ब्रिक–नेपाल कार्यक्रमसँगको साझेदारीमा मंगलबार रुपन्देहीको तिलोत्तमामा सम्मान गरिएको छ । इँटा उद्योगीलाई सम्मान गर्दै प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले बालश्रम शोषणमा आर्थिक पक्ष जोडिने भन्दै मजदूरलाई प्रयाप्त सुविधा दिए बालबालिका कामका लागि उद्योगमा आउन पर्ने अवस्था नहुने बताए ।

उनले बालश्रममुक्त इँटा उद्योगबाट मात्रै गुणस्तरीय उत्पादन हुनसक्ने भन्दै सबै उद्योग बाल श्रममुक्त हुनुपर्ने बताए । कानुनमा देखिएका समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको उनको भनाइ थियो । प्रदेशसभाका अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले बालश्रमलाई व्यवहारमै अन्त्य गर्नु जरुरी रहेको बताए ।

बालश्रममुक्त भनिएपनि अझै त्यस्ता उद्योगहरुमा बालबालिकालाई काममा लगाउने गरिएको भन्दै उनले कार्यान्वयनमा ध्यान दिन आग्रह गरे । प्रदेशसभा सदस्य पुष्पा चौधरीले बालबालिकालाई उद्योगधन्दामा जोखिमपूर्ण काममा लगाउनु संविधान र कानुन विपरीत रहेको भन्दै बालश्रममुक्त गर्ने इटा उद्योगीहरुबाट अरुले पनि पाठ सिक्नुपर्ने बताइन् ।

कार्यक्रममा ग्लोबल फेयरनेस इनिसिएटिभका राष्ट्रिय निर्देशक सुरेश पण्डित र घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास अभियान नेपालका कार्यक्रम संयोजक दुर्गा अर्यालले अभियान इँटा उद्योगबाट बालश्रम मुक्त गर्नु र दिगो उद्यमशीलताको विकासमा सहयोग पु¥याउनु संस्थाको उद्देश्य रहेको बताए ।

सबै व्यवसाय अन्तर्राष्ट्रिय श्रम सङगठनको नियमअनुसार सञ्चालन गर्नुपर्नेमा नेपालका इँटा उद्योग सञ्चालन गर्ने सोंच पुरानै रहेको हुनाले वातवरण तथा श्रमिकमैत्री हुन नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment