Comments Add Comment

राष्ट्रिय टिमका ९ खेलाडीसहित मछिन्द्रको टिम घोषणा

२७ मंसिर, काठमाडौं । मछिन्द्र क्लबले शहीद स्मारक ए डिभिजन लिगको लागि टिम सार्वजनिक गरेको छ । विराज महर्जनको कप्तानीमा रहेकेा टिममा १३औं सागमा नेपाललाई स्वर्ण जिताउने खेलाडीहरु समेत छन् ।

यू-२३ टिमका कप्तान सुजल श्रेष्ठसँगै अभिषेक रिजाल, विशाल श्रेष्ठ, विशाल राई, देवेन्द्र तामाङ, हेमन गुरुङ, रन्जित धिमाल, सूर्य अधिकारी र योगेश गुरूङ टिममा छन् ।

यस्तै वुद्ध चेम्जोङ, दीपक राई, यू-१९ का कप्तान रेजिन सुब्बा, नाइजेरियन फुटबलर पेटर सेगुन, एडिलाजा सोमिडे र क्यानरुनका आन्द्रेस निआ पनि टिममा छन् ।

यस्तै प्रशिक्षकमा प्रवेश कटवाल छन् ।

क्लबले ए डिभिजन लिग २०७६ को जर्सी समेत सार्वजनिक गरेको छ, जसमा उसले सानमिगेलको साथ पाएको छ ।

क्लबका अध्यक्ष प्रवोधवीर सिंह कंशाकरका अनुसार यो वर्ष क्लबको बजेट २ करोड छ, जसमध्ये एक करोड खेलाडीहरुमा खर्च गरिएको छ । क्लबले विराज, सुजलसहितका खेलाडीहरुलाई मनाङ मर्स्याङ्दी क्लबबाट अनुबन्ध गरेको हो ।

कप्तान विराटले यो वर्ष लिग जित्ने लक्ष्य रहेको सुनाए ।

मछिन्द्रले उद्घाटन खेलमा भोलि शनिबार बि्रगेड ब्वाईज क्लबसँग खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment